राजनीति


ओलीको एकमात्रै मिसन भनेको राजावादीसँग मिलेर मलाई सिध्याउने हो : प्रचण्ड

ओलीको एकमात्रै मिसन भनेको राजावादीसँग मिलेर मलाई सिध्याउने हो : प्रचण्ड

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १०:२०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली राजवादीसँग मिलेर आफूलाई सिध्याउन लागिपरेको बताए।

उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो, त्यसका लागि उनी राजावादीसँग पनि मिलिसकेका छन्’, उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad