भारतको राजस्थानस्थित भरतपुरकी एक महिलामा देखिएको कोरोनाले डाक्टरलाई समेत हैरान बनाएको छ।
शारदा देवी नामकी ती महिला पछिल्लो पाँच महिनादेखि कोरोनासँग लडिरहेकी छिन्। पहिलोपटक उनको सेप्टेम्बर ४ मा कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आयो। त्यसयता उनी कोरोनाबाट उम्किन सकेकी छैनन्।
पाँच महिनामा उनको ३१ कोरोना परीक्षण भइसकेको छ भने सबै रिपोर्ट पोजिटिभ आएको छ। उनको उपचारमा खटिएका डाक्टरहरुलाई समेत शारदा देवीमा देखिएको कोरोना संक्रमणले हैरान पारेको छ।
अहिले उनलाई थप जाँच परीक्षणका लागि अर्को अस्पताल सारिएको छ। उनी आश्रममा बस्ने महिला हुन्। उनको आमाबुबाको निधन भइसकेको छ। उनलाई घरबाट समेत निकालिएको थियो। त्यसपछि उनी आश्रम बस्नथालेकी थिइन्। सेप्टेम्बरमा पहिलोपटक कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो।
कोरोना लागेपछि उनको शरीरको तौल समेत निरन्तर बढिरहेको छ। यसलाई डाक्टरहरुले आश्चर्य मानेका छन्। उनलाई फेरि अर्को अस्पताल सार्ने तयारी गरिएको छ। नवभारत टाइम्सबाट
Shares

प्रतिक्रिया