ad ad

राजनीति


विगतमा सुवास नेम्वाङका व्याख्या र अनुमान पूर्णतः गलत साबित भएका छन् : विष्णु रिजाल

विगतमा सुवास नेम्वाङका व्याख्या र अनुमान पूर्णतः गलत साबित भएका छन् : विष्णु रिजाल

नेपालखबर
माघ ८, २०७७ बिहिबार १४:३६,

नेकपा (प्रचण्ड-नेपाल) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वसभामुख सुवास नेम्वाङले अहिले गरेका व्याख्या र अनुमान पनि पहिलेजस्तै नमिल्ने दाबी गरेका छन्।

ओली समूहका नेकपा नेता नेम्वाङले वैशाखमा चुनाव हुन्छ भनेर दाबी गरिरहे पनि विगत हेर्दा उनको व्याख्या गलत साबित हुने टिप्पणी नेता रिजालले गरेका हुन्।

‘सञ्चारमाध्यमहरूमा प्रतिनिधि सभा विघटनसँग जोडेर पूर्वसभामुख सुवास नेम्वाङका बारेमा लेखिएको पाइन्छ। प्रधानमन्त्रीले विघटन गरेकाले वैशाखमा चुनाव हुन्छ भनिरहनुभएको छ,’ रिजालले ट्विटरमा लेखेका छन् ‘विगत हेर्दाचाहिँ उहाँका व्याख्या र अनुमानहरू पूर्णतः गलत साबित भएको र त्यसबाट पार्टीलाई क्षति भएको दृष्टान्त पाइन्छ।’

हेर्नुहाेस्, यसबारे रिजालका थप ट्विट-

ritwitt

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .