प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको युवा संगठन राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर प्रदर्शन गरेका छन्।
बिहीबार राष्ट्रिय युवा संघले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा कोलो बेलुन उडाएर विरोध प्रदर्शन गरेको हो।
उनीहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम फिर्ता लिन माग गर्दै नारावाजी समेत गरेका थिए।
शुक्रबारको विरोध प्रदर्शनको अघिल्लो दिन युवा संघले कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन्। यसअघि बुधबार युवा संगठनले उपत्यकामा मोटरसाइलक ¥याली निकालेको थियो।
प्रतिक्रिया