ad ad

कारोबार


नेपालीको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर पुग्यो

नेपालीको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर पुग्यो

नेपालखबर
माघ ८, २०७७ बिहिबार ९:२९,

नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर पुगेको छ।

आर्थिक वर्षको २०७६÷०७७ को प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना अयोगले प्रतिव्यक्ति आय बढेको तर लक्ष्य भने नभेट्टाएको जानकारी दिएको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३९ अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ८५ अमेरिकी डलर पुग्ने अपेक्षा गरिए पनि १ हजार ६७ अमेरिकी डलरमा सीमित भएको छ।

यो वर्ष कोरोना महामारीले प्रतिव्यक्ति आम्दानीमा प्रभाव परेको योजना आयोगले जनाएको छ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि केही खुकुलो पारिएको कारण अर्थतन्त्रका विभिन्न क्षेत्र–उपक्षेत्रहरूमा देखिएको प्रभावलाई प्रमुख सूचकहरूको आधारमा विश्लेषण गर्दा आर्थिक वर्ष २०७६÷०७७ को कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ०.६ प्रतिशतमा सीमित रहने अनुमान योजना आयोगको छ।

यसमध्ये कृषि क्षेत्र २.६ प्रतिशतले विस्तार हुने र गैर–कृषि क्षेत्र ०.२ प्रतिशतले सङ्कुचन हुने देखिएको छ।

त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को बन्दाबन्दीको समयमा समग्र मागमा कमी आउनुका साथै सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले गरेको आपूर्ति व्यवस्थापनका कारण आन्तरिक उत्पादन बजारमा सहज रूपमा उपलब्ध हुन गई सो अवधिमा मुद्रास्फीति घट्न गएको छ।

कोभिड–१९ को सङ्व्रmमण नियन्त्रणको लागि गरिएको बन्दाबन्दीले रोजगारीमा अत्यन्त ठूलो प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।

‘अनौपचारिक क्षेत्रतर्फ ठूलो सङ्ख्यामा कामदार–कर्मचारीले रोजगारी गुमाउन पुगेको देखिन्छ’, प्रतिवेदनले भनेको छ, ‘वैदेशिक रोजगारीमा रहेकाहरूमध्ये उल्लेख्य सङ्ख्याले रोजगारी गुमाएका छन् र उनीहरू स्वदेश फर्कने क्रम जारी छ। २०७७ असार मसान्तसम्म आन्तरिकरूपमा ९ लाख २४ हजार जनाले रोजगारी गुमाएको अनुमान छ।’

विदेशमा रोजगारी गुमाउने नेपालीको अनुमानित सङ्ख्या ६ लाख ४० हजार रहेको तथ्याङ्क उक्त प्रतिवेदनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .