ad ad

राजनीति


ट्रम्पले अन्तिम सम्बोधनमा एकपटक पनि बाइडेनको नाम लिएनन्, सरकारमा फर्किने वाचा गरे

ट्रम्पले अन्तिम सम्बोधनमा एकपटक पनि बाइडेनको नाम लिएनन्, सरकारमा फर्किने वाचा गरे

नेपालखबर
माघ ८, २०७७ बिहिबार ९:१६,

दोस्रो कार्यकालको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ट्रम्पले जनवरी २० अर्थात् हिजो बुधबार ह्वाइट हाउस छाडे।

राष्ट्रपतिबाट विदा हुँदै गर्दा उनी नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा उपस्थित भएनन्।

बुधबार ह्वाइट हाउसबाट ट्रम्प सिधै हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेका थिए।

त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गरेका थिए। उक्त सम्बोधनपछि ट्रम्प फ्लोरिडा पुगेका छन्। उनी हाल आफ्नो निवासमा छन्।

ट्रम्पले जोइन्ट बेस एन्ड्र्युमा आफू पुनः सरकारमा फर्किने संकेत गरे। उनले त्यहाँ ‘हामी फेरि फर्किनेछौं’ भनेका थिए।

‘तपाइँहरुको राष्ट्रपति बन्न पाउनु सौभाग्यको कुरा थियो। म तपाइँको हितको लागि लागि सँधै संघर्ष गर्नेछु। मैले हेरिरहेको हुनेछु। मैले सुनिरहेको हुनेछ।’ ट्रम्पले अमेरिकी जनतालाई भने,‘हामी कुनै न कुनै रुपमा फेरि फर्किनेछौं। सबैको जीवन उज्वल होस्। तपाइँसँग चाँडै भेट्नेछौं।’

Trump plans to leave White House with 'military-like feel' Video - ABC News

सो क्रममा ट्रम्पले नयाँ सरकारलाई शुभकामनासमेत दिएका थिए। तर आफ्नो पुरै सम्बोधनमा उनले नयाँ राष्ट्रपति जो बाइडेनको नाम भने लिएनन्।

ट्रम्पले फेरि सरकारमा फर्किने वाचा गरिरहँदा विभिन्न शंका र उपशंकाहरु भने पैदा भएका छन्।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा फेरि लड्ने घोषणा गरिसकेका छन्।

यद्यपी उनीमाथि महाभियोग प्रस्ताव तल्लो सदनमा पारित भइसकेको छ। सिनेटमा भने मतदान हुन बाँकी छ।

सिनेटमा महाभियोग पारित भए ट्रम्पले अर्कोपटक चुनावमा लड्न पाउने सम्भावना कम हुनेछ। सिनेटमा ट्रम्पलाई महाभियोग लगाउन दुई तिहाइ मत चाहिन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .