ad ad

राजनीति


राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गर्दै

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गर्दै

नेपालखबर
माघ ८, २०७७ बिहिबार ५:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाले दिएकाे जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका हुन्।

‘प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, आज माघ ८ गते बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा सञ्चालन हुने कार्यक्रम रहेको छ,’ प्रेस सल्लाहकार थापाले जानकारी गराएका छन्, ‘भेलामा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ।’

भेलामा देशभरिबाट सहभागिता रहने दाबी थापाले गरेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजन भएको छ।

एक समूह प्रधानमन्त्री ओलीले नेतृत्व गरेका छन् भने अर्काे समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका छन्।

संसद् भंग भएकै दिनदेखि दुई समूहले अलग-अलग बैठक र सभा गरिरहेका छन् र एकअर्कालाई आरोप लगाइरहेका छन्।

हिजो बुधबार मात्र काठमाडौंमै प्रचण्ड-नेपाल समूहले सम्पादकहरूसँग अन्तरक्रिया गरेको थियो।

याे पनि : 

संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम दिँदैन : प्रचण्ड

अब ओलीसँग एकताको कुनै सम्भावना छैन : प्रचण्ड

ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .