राजनीति


ट्रम्पले छाडे ह्वाइट हाउस, विदाई समारोहमा उपस्थित भएनन् उपराष्ट्रपति पेन्स

ट्रम्पले छाडे ह्वाइट हाउस, विदाई समारोहमा उपस्थित भएनन् उपराष्ट्रपति पेन्स

नेपालखबर
माघ ७, २०७७ बुधबार १३:४७,

उनी यतिबेला हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेको सीएनएनले जनाएको छ। त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गर्नेछन्।

ट्रम्प ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका थिए। उनको अन्तिम विदाई समारोहमा उपराष्ट्रपति माइक पेन्स भने उपस्थित हुने छैनन्।

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन्।

President Trump, first lady leave White House for final time | National |  herald-review.com

बुधबार मध्यान्न सपथग्रहण समारोह आयोजना हुनेछ। उक्त कार्यक्रममा ट्रम्प उपस्थित नभएपनि उपराष्ट्रपति पेन्सभने उपस्थित हुनेछन्।

ट्रम्प बाइडेनको शपथग्रहणका बेला फ्लोरिडाको निवासमा हुने बताइएको छ।

कार्यकाल सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन्।

उनले आफू चुनावको परिणामसँग पूर्ण रुपमा असहमत भएको बताएका थिए। चुनावमा धाँधली गरेकै कारण बाइडेनले चुनाव जितेको ट्रम्पको दाबी छ।

Trump plans to leave White House with 'military-like feel' Video - ABC News

यो पनिः यी हुन् नयाँ राष्ट्रपतिको शपथग्रहणमा उपस्थित नहुने ७ अमेरिकी राष्ट्रपतिहरु..

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथलगत्तै १५ आदेशमा हस्ताक्षर गर्दै, ट्रम्पका यी निर्णय उल्ट्याइने

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति बाइडेनबारे केही रोचक तथ्यहरु...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .