राजनीति


यी हुन् नयाँ राष्ट्रपतिको शपथग्रहणमा उपस्थित नहुने ७ अमेरिकी राष्ट्रपतिहरु..

यी हुन् नयाँ राष्ट्रपतिको शपथग्रहणमा उपस्थित नहुने ७ अमेरिकी राष्ट्रपतिहरु..

नेपालखबर
माघ ७, २०७७ बुधबार १२:४५,

तर कार्यकाल सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प भने उक्त शपथग्रहण समारोहमा उपस्थित हुने छैनन्। कारण उनी नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन्।

ट्रम्पले गत जनवरी ८ मा आफूले प्रक्रियागत हिसाबमा जनवरी २० मा सत्ता हस्तान्तरण गर्ने बताए पनि आफू चुनावको परिणामसँग पूर्ण रुपमा असहमत भएको बताएका थिए।

चुनावमा धाँधली गरेकै कारण बाइडेनले चुनाव जितेको ट्रम्पको दाबी छ।

हुलाकबाट गरिएको मतदानमा अवैधानिक मत खसालिएको ट्रम्पको आरोप थियो।

यी हुन् राष्ट्रपतिको शपथग्रहणमा उपस्थित नहुने अमेरिकी राष्ट्रपतिहरु

१. जोन अ्याडम

सन् १७९७ मा जोन अ्याडम अमेरिकाको दोस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए। त्यसबेला उपराष्ट्रपतिको रुपमा थोमस जेफर्सन निर्वाचित भएका थिए।

सन् १८०१ मा जब जेफर्सन देशको राष्ट्रपतिमा चुनिए जोन अ्याडम जेफर्सनको शपथग्रहणमा समावेश भएका थिएनन्। यसको कारणबारे केही खुलाइएको छैन।

२. जोन क्विन्सी अ्याडम

राष्ट्रपति जोन अ्याडमका छोरा जोन क्विन्सी अमेरिकाको छैठौं राष्ट्रपति हुन्। उनी सन् १८२९ मा नयाँ राष्ट्रपति एन्ड्रयु ज्याकसनको शपथग्रहणमा उपस्थित भएका थिएनन्।

३. एन्ड्र्यु जोनसन

अमेरिकाको १७ औं राष्ट्रपति एन्ड्र्यु जोनसन सन् १८६९ मा नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टको शपथग्रहणमा उपस्थित भएका थिएनन्। उनीमाथि महाअभियोग लागेको थियो। उनले नयाँ राष्ट्रपति मन पराउँदैन थिए।

४. मार्टिन भान ब्युरेन

राष्ट्रपति भान ब्युरेन विलियन हेनरी ह्यारिसनको शपथग्रहणमा गएका थिएनन्। सन् १८४१ को उक्त समारोहमा उनका छोरा बिरामी थिए।

५. वुड रो विल्सन

सन् १९२१ को शपथग्रहणमा वुडरो विल्सन वारेन जी. हार्डिङको शपथग्रहणमा गएका थिएनन्। उनी बिरामी थिए।

६. रिचार्ड निक्सन

रिचार्ड निक्सन अमेरिकाको ३७ औं राष्ट्रपति हुन्। महाभियोग लागेपछि उनले राजीनामा दिएका थिए। सन् १९७४ मा जेराल्ड आर. फोर्डको शपथग्रहणमा निक्सन उपस्थित थिएनन्।

७. डोनाल्ड ट्रम्प

ट्रम्प बुधबार जो बाइडेनको शपथग्रहणमा उपस्थित हुने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .