राजनीति


काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

नेपालखबर
माघ ७, २०७७ बुधबार ७:३३,

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ। थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन्।

‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको छ। त्यसका लागि उहाँ काठमाडौँ जानु भएको छ’ विश्वविद्यालय स्रोतले भन्यो।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो। जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए।

थापा काठमाडौँ विश्वविद्यालको तेस्रो उपकुलपति हुन्। संस्थापक उपकुलपतिमा सुरेशराज शर्मा रहेका थिए।

तीन सदस्यीय सिफारिस समितिमा संस्थापक उपकुलपति शर्माको अतिरिक्त पूर्व सभामुख तथा विश्वविद्यालयका बोर्ड सदस्य दमनाथ ढुंगाना पनि रहेका थिए।

माकजु दुई कार्यकाल उपकुलपति भइसकेको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले उनलाई नदोहोर्‍याउन सरकारसँग माग गरेका थिए।

को हुन् नवनियुक्त उपकुलपति थापा?

नव नियुक्त उपकुलपति थापा काठमाडौँ विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।

उनले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका थिए। यसअघि भारतको पिलानीस्थित बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मास्टर्स र पञ्जाव इन्जिनियरिङ कलेजबाट बीई गरेका थिए। सन् १९९४ बाट उनले काठमाडौ विश्वविद्यालयमा सेवा सुरु गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad