शनिबार भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले नेपाल आफ्नो भाइ रहेको भन्दै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन्।
नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ? भनेर गरिएको प्रश्नमा उनले भनेका छन्,‘नेपालसँग हाम्रो प्रगाढा साँस्कृतिक सम्बन्ध छ। नेपाल हाम्रो छिमेकी मात्र होइन नेपाल हाम्रो भाइ हो। भाइले हामीबारे जस्तो टिप्पणी गरे पनि हामी नेपालविरुद्ध कुनै आपत्तिजनक प्रतिक्रिया जनाउँदैनौं।’
उक्त अन्तर्वार्तामा सिंहले भारत आत्मनिर्भर देश बनिसकेको बताउँदै आफ्नो सैन्य क्षमता पहिलेभन्दा निकै बढेको बताएका थिए।
(भिडियो)

प्रतिक्रिया