राजनीति


डा. भट्टराईको प्रस्ताव : संघीय राजधानी काठमाडौँ बाहिर सारौँ

डा. भट्टराईको प्रस्ताव : संघीय राजधानी काठमाडौँ बाहिर सारौँ

नेपालखबर
माघ ६, २०७७ मंगलबार ५:२९,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौँ बाहिर सार्न प्रस्ताव गरेका छन्।

मंगलबार अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न प्रस्ताव गरेका हुन्।

अध्यक्ष भट्टराईले विकास र संरक्षणबीचको अन्तरसम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गरेका छन्। उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्नसमेत माग गरेका छन्।

‘विकास र संरक्षणबीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौँ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं! संघीय राजधानी काठमाडौँ बाहिर सारौं!’, डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad