बाह्य सुरक्षा खतरा भन्दै अमेरिकी संसद् भवनमा लकडाउन गरिएको छ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहणभन्दा दुई दिनअघि यस्तो घटना भएको हो।
हाल समारोहको पूर्वाभ्यास कार्यक्रम रोकिएको बताइएको छ।
जनवरी ६ का दिन सो स्थानमा डोनाल्ड ट्रम्प समर्थक भीडले आक्रमण गरेको थियो। सो क्रममा ५ जनाको ज्यान गएको थियो।
त्यसयता सो स्थानमा नेसनल गार्ड तैनाथ गरिएको छ। एजेन्सी

प्रतिक्रिया