कटाक्ष गर्न माहिर लेखक खगेन्द्र संग्रौलाले हालै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको भारत भ्रमणबाट ओली सरकारको राष्ट्रवाद छर्लङ्ग भएको टिप्पणी गरेका छन्।
भारत भ्रमणमा गएका मन्त्री ज्ञवालीले सीमा विवादबारे खासै कुरा गर्न नसकेको आरोप लगाउँदै साहित्यकार संग्रौलाले सामाजिक सञ्जालमार्फत ओली सरकारविरुद्ध व्यंग्य प्रहार गरेका हुन्।
‘सीमा समस्या वार्ता र संवादद्वारा छिटो समाधान गर्न फेरि सहमति ! परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दिल्ली भ्रमणको भयंकर उपलब्धि,’ विश्लेषक संग्रौलाले लेखेका छन्, ‘अघिदेखिका यस्ता सहमति गनेर ल्याउने हो भने, मान्यवर, यो पचासौं सहमति होला। देखियो त ओली सरकारको मौसमी राष्ट्रवादको चिल्लो, पोटिलो र रसिलो फल !’

3
Shares

प्रतिक्रिया