प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्।
पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले आक्रामक आन्दोलन गर्न निर्देशन दिएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुसँग सेटिङ मिलाएको दाबी गर्दै त्यसलाई भत्काउन सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘मैले अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहेको होइन, तर केपीका मान्छेहरुले सूर्य चिन्ह पनि हाम्रै हुन्छ। पार्टी पनि हाम्रै हुन्छ भन्नुले उनीहरुले सेटिङ मिलाइसकेको भनेर शंका गर्न किन नपाउनु?’
प्रचण्डले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरे।
‘म तपाईंहरुको टाउको जोगाउन आफ्नो टाउको फुटाउन तयार छु,’ उनले भने, ‘नेपाललाई प्रतिगमनतिर लैजान कुनै पनि शक्तिले सक्दैन। हामी दिँदैनौँ।’
Shares

प्रतिक्रिया