राजनीति


ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो भन्नुहुन्न : प्रचण्ड

ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो भन्नुहुन्न : प्रचण्ड

नेपालखबर
माघ ४, २०७७ आइतबार ८:३,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको बताएका छन्।

 आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले एकथरी भन्ने र अर्कोथरी गर्दै आएको बताए।

‘ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो बोल्नुहुन्न’, प्रचण्डले भने।

उनले भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीले ‘आफूले पनि नगर्ने र गर्न पनि नदिने’ भनेर सुन्दर नारा बनाएर भ्रष्टाचारीलाई सफाइ दिँदै हिडेको आरोप लगाए।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘भन्नेबेला भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ तर आदलतामा मुद्दा रहेका भ्रष्टचारीलाई सफाई दिँदै हिँड्नुहुन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad