नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेको बताए।
‘केपी ओलीको नाम पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’, थापाले भने। उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए।
उनले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताए।
उनले ओलीबाट अलगिएका प्रचण्ड–नेपाल समूहप्रति आफ्नो सहानुभूति रहेको बताए। उनले ओलीलाई अहिलेको अवस्थामा ल्याउन प्रचण्ड–नेपालको पनि भूमिका रहेको बबताए।
Shares

प्रतिक्रिया