राजनीति


गणतन्त्रवादीले आरोप प्रत्यारोपमा प्रयोग गरेको भाषाशैलीलाई लिएर थापाको यस्तो प्रतिक्रिया

गणतन्त्रवादीले आरोप प्रत्यारोपमा प्रयोग गरेको भाषाशैलीलाई लिएर थापाको यस्तो प्रतिक्रिया

नेपालखबर
माघ ३, २०७७ शनिबार ७:२८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूलाई परिवर्तनका पक्षघर ठान्नेहरुको आरोप प्रत्यारोपको भाषा÷शैलीले जनतामा राजनीतिक प्रणालीमाथि नै घृणा उत्पन्न भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका संवाहकहरूको परस्पर आरोप–प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथि नै जनतामा वितृष्णा र घृणा पैदा गरेको बताएका हुन्।

नेकपा विभाजनपछि राजनीतिक सभा सम्मेलनदेखि सामाजिक सञ्जालसम्ममा भएका टिप्पणीतर्फ संकेत गर्दै अध्यक्ष अध्यक्ष थापाले यस्तो बताएका हुन्।

उनले संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहीन साबित गरी रहेको बताए।

‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा÷शैलीको स्तरले राजनीतिक प्रणालीमाथि नै जनतामा वितृष्णा÷घृणा पैदा गरेको छ’, थापाले ट्विटमा भने, ‘स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहीन साबित गरी रहेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad