राजनीति


प्रतिनिधि सभा विघटन : आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटन : आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै

नेपालखबर
माघ २, २०७७ शुक्रबार ३:२५,

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएका रिट निवेदनमा आज (शुक्रबार) पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

यसअघि बुधबार भएको सुनुवाइ पुनः शुक्रबार गर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संंवैधानिक इजलासमा जारी सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो।

संविधान विघटन मुद्दाको सुनुवाइ संंवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा भन्नेमै बहस अल्झिएको छ। आज पनि यही विषयमा बहस हुनेछ।

रिट निवेदक १३ मध्ये ११ जनाले यो मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्।

तर सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्नुपर्ने भएकाले यसको सुनुवाइ संंवैधानिक इजलासमै गर्नुपर्ने तर्क गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad