राजनीति


खगेन्द्र संग्रौलाकाे टिप्पणी : प्रचण्ड-नेपालभन्दा ओली नै असल ! 

खगेन्द्र संग्रौलाकाे टिप्पणी : प्रचण्ड-नेपालभन्दा ओली नै असल ! 

नेपालखबर
माघ १, २०७७ बिहिबार २३:४७,

लेखक खगेन्द्र संग्रौलाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको आलोचना गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको भन्दै उनले प्रचण्ड र नेपालविरुद्ध कटाक्ष गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले ‘यी सत्तालोलुपभन्दा सत्तालोलुप ओली नै असल’ भनेर टिप्पणी गरेका हुन्।

‘भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ। तैपनि पुकदा (पुष्पकमल दाहाल) –माकुने (माधवकुमार नेपाल) ले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन्,’ साहित्यकार संग्रौलाले भनेका छन्, ‘यी सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल। ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन्। हैट्, हल्लुँड हो !’

याे पनि :  देउवाले अस्वीकार गरे प्रचण्ड-नेपालका यी तीन प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad