राजनीति


मन्त्री ढकाल भन्छन् : दुई तिहाईको सरकारले व्यवस्था नै बदल्न सक्छ, संसदको के कुरा?

मन्त्री ढकाल भन्छन् : दुई तिहाईको सरकारले व्यवस्था नै बदल्न सक्छ, संसदको के कुरा?

वाशुदेव मिश्र
माघ १, २०७७ बिहिबार १५:५१,

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकालले दुई तिहाई भएको सरकारले संसद भंग गर्नु संविधानसम्मत भएको जिकिर गरेका छन्। 

पोखरा पर्यटन परिषदले बिहीबार साँझ आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीसँग दुई तिहाई बहुमत भएकाले उनको कदम सही भएको बताएका हुन्।

‘सार्वभौमसत्ता जनतामा जाने कुरा हो, दुई तिहाई भएको सरकारले व्यवस्था नै बदल्न सक्छ, संविधान नै नयाँ लेखिदिन सक्छ। संसदको कुरा मात्र हैन’, उनले भने, ‘यसले गर्दा चुनाव हुन्छ।’

उनले चुनाव हुने पक्का पक्की भए पनि नेकपाको प्रचण्ड–माधव समूह चुनाव हुँदैन भन्ने हल्ला गर्न बाध्य भएको उनको भनाई थियो।

‘कतिपयले चुनाव हुँदैन भनेर कार्यकर्तालाई अल्झाउन परेको र कतिपयलाई चुनाव चिन्ह हाम्रै हुन्छ भनेर भनेर भ्रममा पारेर उता जान नदिन तगारो हालेर बस्नु परेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .