प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरेका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आधिकारी नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँधीबेहरी आउने बताएका हुन्।
‘निर्वाचन आयोगले विश्वास दिलाएको छ। विधिसम्मत् हुन्छ, ढुक्क हुनुहोस् भन्नुभएको छ। म पनि तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु सूर्य चिन्ह र पार्टीको आधिकारिक नाम हाम्रै हुनेछ’, उनले भने, ‘यदि त्यसो भएन भने यहाँ ‘कयामत’ आउछ, आँधीहुरी, बतास आउछ।’
अध्यक्ष प्रचण्डले केपी ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिएका छन्। ‘केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन्’, उनले भने।
Shares

प्रतिक्रिया