राजनीति


स्थायित्व र विकासका लागि ओलीलाई साथ दिन खेलाडीलाई गृहमन्त्री थापाको आग्रह

स्थायित्व र विकासका लागि ओलीलाई साथ दिन खेलाडीलाई गृहमन्त्री थापाको आग्रह

नेपालखबर
पुस २८, २०७७ मंगलबार १२:२०,

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पूर्ण खेलाडीहरुलाई आव्हन गरेका छन्।

ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आव्हान गरेका हुन्। उनले प्रचण्ड–नेपाल समुहलाई ‘गुट’को संज्ञा दिँदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिए।

उनले भने, ‘हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त? नेकपा फुटाएर देशको विकास संभव छ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ? र देश विकासको दिशामा अघि बढ्न सक्छ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ। स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने?’

उनले जनसंगठनहरु पनि विभाजित भएको अवस्थामा प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा नभई ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आव्हान गरे मुलुकमा अस्थिरता चाहनेहरु र एकाता र स्थिरता चाहनेहरु विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए। साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad