पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नाे देशमा अराजकता पैदा गर्न भारतले आतंकवादी संगठन आईएसआईएसलाई सहयोग गरिरहेको आरोप लगाएका छन्।
पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार प्रधानमन्त्री खानले इस्लामाबादमा पत्रकारसँग आफ्नाे देशकाे सुरक्षा एजेन्सीले साम्प्रदायिकता फैलाउने भारतको योजनालाई असफल बनाएको बताए।
उनले चरमपन्थी समूहले कम नागरिककाे बसाेबास रहेकाे क्षेत्रलाई निशाना बनाइरहेकाे बताएका छन्। एजेन्सी

प्रतिक्रिया