समाज


सुन लुकाएर लुटेरा छाडेको आरोपमा महाराजगन्जका डीएसपी खड्कामाथि छानबिन सुरु

सुन लुकाएर लुटेरा छाडेको आरोपमा महाराजगन्जका डीएसपी खड्कामाथि छानबिन सुरु

नेपालखबर
पुस २६, २०७७ आइतबार १७:१५,

सुन लुकाएर लुटेरा छाडेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्कामाथि छानविन सुरु भएको छ।

घटना बाहिर आएसँगै उनलाई सोधपुछ गर्ने घटनाको वास्तविकता बुझ्ने प्रक्रिया सुरु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

गत पुस १० गते प्रहरी प्रभाग नयाँ बसपार्कले ३० तोला सुन लुटपाटमा संलग्न व्यक्तिलाई पक्राउ गरी महाराजगन्ज वृत्तमा बुझाएको थियो। लुटपाट भएको सुनसहित सुर्खेतका दीपक कार्कीलाई पक्राउ गरेर बसपार्कले महाराजगन्ज पठाएको थियो।

सामाखुसीमा बिक्री गर्न लागेको ३० तोला सुन लुटपाट भएको भन्दै दोलखाका संयोग कार्की लगायत ५ जनाले बसपार्क प्रभागमा गएर जाहेरी दिएका थिए। सोही दिन बसपार्क प्रभागले घटनामा संलग्न भनिएका कार्कीलाई पक्राउ गरेपनि उनलाई त्यही राति छाडेको डीएसपी खड्कामाथि आरोप छ।

घटना बाहिरिएसँगै खड्कालाई बोलाएर सोधपुछ सुरु गरिएको एसएसपी सिंहले बताए।

उनले भने, ‘घटनामा संलग्न प्रहरी र अन्य सबैलाई झिकाएर अब अनुसन्धान हुन्छ, दोषी को छ पत्ता लगाएर कारबाही गरिन्छ। सुन हराएको हो कि होइन, हराएको हो भने कहाँ गयो? यसमा संलग्न पात्रहरुमाथि परिसरले अनुसन्धान गरेर कारबाही गर्छ।’

घटनाबारे परिसरलाई समेत जानकारी नदिएपछि खड्कामाथि थप आशंका उब्जिएको हो। पीडितले भने खड्काले सुन लुकाएर अभियुक्त छाडेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad