सशस्त्र प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी) कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्।
बढुवाका लागि योग्यता पुगेका एसपी नभएपछि कायम मुकायम एसएसपी बनाइएको गृह मन्त्रालयले जनाएको छ। शुक्रबार गृहमन्त्री स्तरीय निर्णय गर्दै पछि बढुवा पूर्ण हुने गरी ९ एसपीलाई एसएसपीको फुली लगाइने भएको हो।
सशस्त्र प्रहरीमा एसपी भएको चार वर्षपछि मात्रै एसएसपी हुने नियम भएपनि ९ एसएसपी रिक्त भएपछि त्यसमा चार वर्ष नपुकेका एसपीलाई नै बढुवा गर्नु पर्ने बाध्यता भएको हो।
कायम मुकायम एसएसपी हुनेहरुमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दीपक अधिकारी, पुरुषेत्तम थापा र अन्जनी कुमार पोख्रेल रहेका छन्।
एसपी भएको चार वर्ष पुगेसँगै उनीहरुको बढुवा बढुवा समितिबाट अनुमोदन हुनेछ।

प्रतिक्रिया