प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक बस्ने भएको छ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
निर्वाचन आयोगसँग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बस्न लागेको ती नेताले बताए।
निर्वाचन आयोगले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई वैधानिकता दिन ढिलाई गरिरहेकोले यसबारेमा पार्टीबाट निर्णय गरेर जाने तयारी छ।
साथै आयोगले निर्वाचनका लागि जिल्ला–जिल्लामा नेताहरुसँग चुनावी छलफल थालेको सूचना आएपछि सचिवालय बैठक बस्न लागेको ती नेताले बताए।
नेकपाले आयोगमा पार्टीमा फेरबदल भएको सबै जानकारी अद्यावधिक गराइसकेको छ। तर, आयोगले फेरि पार्टीलाई पत्र पठाएपछि नेकपा नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्।

प्रतिक्रिया