राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पोखरा पुगेर प्याराग्लाइडिङ गरेका छन्।
भोली सोमबार पुस २७ गते पृथ्वीजयन्ती मनाउन गोरखा जाने क्रममा पोखरा पुगेका थापा आइतबार बिहान शाहसिक खेलको रुपमा लिइने प्याराग्लाइडिङमा सहभागी भएका हुन्।
राप्रपा नेता राजाराम बर्तौलाले अध्यक्ष थापा प्याराग्लाइडिङका लागि तयार हुँदै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका हुन्।




प्रतिक्रिया