राजनीति


ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि ट्रम्पले के भने?

ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि ट्रम्पले के भने?

नेपालखबर
पुस २६, २०७७ आइतबार ३:२२,

हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा नयाँ सामाजिक सञ्जाल (प्लेटफर्म) बनाउने दाबी गरेका छन्।

आफ्नो निजी (पर्सनल) ट्विटर अकाउन्ट बन्द भएपछि ट्रम्पले राष्ट्रपति कार्यालयको (अफिसियल) ट्विटर अकाउन्टमा ट्विट गर्दै ट्विटरले आफ्नो आवाज दबाउन खोज्दैमा नबदिने बताएका हुन्।

‘ट्विटरले मेरो अधिकार दबाउन खोजेको छ। उसले डेमोक्रेट्ससँग मिलेर मेरो अकाउन्ट बन्द गरिदिएको छ,’ उनले लेखेका छन्, ‘७ करोड ५० लाख जनताको आवाज दबाउन सक्दैन।’

ट्रम्पको यो ट्विट पनि ट्विटरले केही सेकेन्डमै डिलिट गरिदिएको छ। एजेन्सी

याे पनि :  ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad