राजनीति


प्रचण्ड–नेपालप्रति ओलीको कटाक्ष : पार्टी छाडेर भागेका भगौडा

प्रचण्ड–नेपालप्रति ओलीको कटाक्ष : पार्टी छाडेर भागेका भगौडा

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ९:२६,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भएको भनि कटाक्ष गरेका छन्।

कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालमाथि यस्तो कटाक्ष गरेका हुन्।

उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए। ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका भगौडाहरुको कुरा सुन्नु भएको होला’, उनले भने, ‘केन्द्रीय समित बैठकमा नआएर कहाँ गए भनेको त सडकमा बसेर हामी यहाँ छौं रे।’

उनले प्रचण्ड नेपाल बैठकमा नआउने, पत्रपत्रिकामा लेखाएर गाली गलौज गरेर हिँडेका आरोप लाए। उनले आफू देशको आधुनिकीकरण गर्न हिँडेका कारण गालीगलौज गर्ने फुर्सद नभएको बताए।

‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन’, उनले भने, ‘देशलाई आधुनिकीकरण गर्नुछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad