राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार भएको एक कार्यक्रमका बीच मिस नेपाल श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको हो।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठलाई नियुक्ती गरिएको बताए।
सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताए।
बैंकले गत आ.व. २०७६/०७७ मा ४ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५.७४ प्रतिशत रहेको छ। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रतिक्रिया