ad ad

राजनीति


अन्ततः हार स्वीकार गर्दै ट्रम्पले भने : जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु (भिडियो)

अन्ततः हार स्वीकार गर्दै ट्रम्पले भने : जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु (भिडियो)

नेपालखबर
पुस २४, २०७७ शुक्रबार २:२८,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ।

विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्। 

याे पनिट्रम्पलाई तत्काल राष्ट्रपति पदबाट हटाउन माग, अन्यथा महाभियोग लगाउने चेतावनी

यहीबीच ट्रम्पले पहिलोपटक आफ्नो पराजय स्वीकार गर्दै ट्विटरमा भिडियो सन्देश जारी गरेका हुन्। जसमा उनले भनेका छन्, ‘कंग्रेस (संसद्) ले चुनावी नतिजा प्रमाणित गरिसकेको छ। अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दै छ। अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ।’

साथै उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन्। त्यो भीड रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको उनकाे दाबी छ।

उनले भनेका छन्, ‘अमेरिका सधैं विधि र कानुनमा चल्ने देश हो। क्यापिटल हिल्स (संसद् भवन) मा भएको हिंसात्मक आक्रमणमा संलग्न व्यक्तिले अमेरिकाको प्रतिनिधित्व गर्दैनन्।’ 

सन्देशमा उनले अबको समय पीडामा मलम लगाउने र मेलमिलापको भएको पनि उल्लेख गरेका छन्। 

यसअघि उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै बाइडेनको जित अस्वीकार गरिरहेका थिए। मत बदरको माग गर्दै उनले अदालतमा मुद्दासमेत हालेका थिए। तर प्रमाणका अभावमा अदालतले उनका उजुरी नै खारेज गरिदिए।

यसै सिलसिलामा अन्तिम प्रयासस्वरूप गत बुधबार संसद् भवनमै भएकाे हुलदंगा उनैले गर्न लगाएको आरोप छ।

हार स्वीकार गर्दै ट्रम्पले टि्वटरमा राखेकाे भिडियाे सन्देश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .