ad ad

कारोबार


चन्द्रागिरि हिल्सको आईपीओ बिक्री खुला

चन्द्रागिरि हिल्सको आईपीओ बिक्री खुला

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १:४३,

काठमाडौंस्थित चन्द्रागिरि हिल्सले आज (पुस २४) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ- इनिसियल पब्लिक अफरिङ) बिक्री खुला गर्दै छ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार तीमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो। उसका अनुसार आईपीओ छिटोमा यही पुस २८ गते र तोकिएको समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीका अनुसार इच्छुकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

चन्द्रागिरि हिल्सले काठमाडौंकाे चन्द्रगिरि नगरपालिकामा केबलकार तथा रिसोर्ट सञ्चालन गरिरहेको छ।

याे पनि : १० कित्ता आईपीओ बेच्दा फाइदा कि होल्ड गर्दा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .