राजनीति


वैज्ञानिक समाजवादीको प्रथम महाधिवेशन २०७८ मंसिरमा

वैज्ञानिक समाजवादीको प्रथम महाधिवेशन २०७८ मंसिरमा

नेपालखबर
पुस २१, २०७७ मंगलबार १३:१८,

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले आगामी मंसिरमा प्रथम महाधिवेशन गर्ने भएको छ।

मंगलबार वैज्ञानिक समाजवादीले एक विज्ञप्ति प्रकाशित गर्दै यही पुस १७ र १८ गते बसेको पार्टीको दोस्रो केन्द्रीय समिति बैठकले २०७८ मंसिरमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएको छ।

महाधिवेशनको मिति तोकिएसँगै अहिले रहेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण भएको छ।

त्यस्तै बैठकले प्रतिनिधि सभा विघटनपछि उत्पन्न संकट पुनःस्थापना, मध्यावधि निर्वाचन वा यही व्यवस्थाभित्र गरिने अन्य चलखेलबाट सम्भव नभएको ठहर गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटनपछि उत्पन्न संकट पार्टी गुट वा व्यक्तिका कारणबाट नभई संसदीय पुँजीवादी व्यवस्थाको असफलताबाट भएको पार्टीले ठहर गरेको छ।

अहिलेको संकट निम्तनुमा प्रधानमन्त्री ओली, नेकपा (नेकपा) र त्यसभित्रको गुट संघर्ष निमित्त करणमात्रै भएको विज्ञप्तिमा उल्लेख छ।

‘खड्कप्रसाद ओली नेतृत्वको सरकारद्वारा संसद विघटपछि उत्पन्न संकट पार्टी गुट वा व्यक्तिको कारणले नभई मूलतः दलाल संसदीय पुँजीवादी व्यवस्थाको असफलताबाट जन्मिएको ठहर छ’, संयोजक आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो संकट उत्पन्न गर्न प्रधानमन्त्री ओली, नेकपा(नेकपा), त्यसको गुट संघर्ष निमित्त कारका रुपमा मात्र प्रकट भएका हुनु, यो संकटका निम्ती वैदेशिक साम्राज्यवादी चलखेल पनि नांगो रुपमा प्रकट भएको छ।’

वैज्ञानिक समाजवादीले क्रान्तिकारी ध्रुवीकरणका लागि गरेको पहल सफल भएको र हाल नेकपा, नेकपा (क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा बनेको र उक्त मोर्चामा अन्य क्रान्तिकारी समूह र व्यक्तिलाई धु्रवीकरण गर्ने बताएको छ।

त्यस्तै बैठकले  राष्ट्रिय स्वाधीनता, जनजीविका र लोकतन्त्रकमा मूल्यहरुमाथि सत्ताद्वारा लादिएका दलाल, भ्रष्ट र निरंकुश प्रकरणहरुविरुद्ध संयुक्त तथा एकल संघर्षलाई अगाडि बढाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad