कारोबार


उदयपुरमा मौलाउँदै रिठ्ठा खेती

उदयपुरमा मौलाउँदै रिठ्ठा खेती

नेपालखबर
पुस २१, २०७७ मंगलबार १३:३०,

विगतमा पहाडी क्षेत्रमा कतैकतै फाटफुट्ट मात्र रिठ्ठा उत्पादन हुने गरेको भए पनि केही वर्ष यता जिल्लाको पहाडी क्षेत्रमा रिठ्ठा उत्पादनमा वृद्धि हुन थालेको छ। जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुर गढी गाउँपालिका र रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी नगरपालिकाको सावा सिद्धीपुरमा व्यावसायिक रुपमा रिठ्ठाखेतीको हुँदै गएको हो।

त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास अँधेरी क्षेत्रमा व्यावसायिक रिठ्ठा खेती विस्तार हुँदै गएको कृषक बताउँछन्। नगदे बालीको रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिठ्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने भएपछि उदयपुर गढीको भलायाडा, डुम्रेसहित रौतामाईको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा रिठ्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुर गढी गाउँपालिका–२ भलायडाँडाका रत्नबहादुर अधिकारीले बताए।

रौतामाई–५ आँपटारका रिठ्ठा उत्पादक कृषक अम्बर राईका अनुसार विगतमा केही एकदुई बोट मात्र रिठ्ठा लगाएको भए पनि राम्रो आम्दानी हुन थालेपछि आफूले व्यावसायिक खेती गर्न थालिएको हो। रिठ्ठा उत्पादनमा वृद्धि गरेर पाँच वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा आम्दानी गर्न थालेको राईले जानकारी दिए।

पन्ध्र वर्षअघि आफ्नो घरपाखाको जग्गामा रिठ्ठाको बिरुवा लगाएर हुर्काएपछि रौतामाइ मुर्कचिका व्यावसायिक कृषक हर्कबहादुर मगरले दुई वर्षदेखि यता आएर रिठ्ठा उत्पादन गर्न थालेको र अहिले वार्षिक रुपमा अढाई लाखसम्म आम्दानी गर्न सफल भएको मगरले बताए। रिठ्ठाको बजार राम्रो रहेको र अहिले प्रतिकेजी रु ५० देखि ६० सम्म मूल्य पर्छ।

गाउँघरका कृषक व्यावसायिक रुपमा रिठ्ठा खेतीप्रति वर्षेनी आकर्षित हुँदै जान थालेको मगर उनले जानकारी दिए। आफूले गाउँमा व्यावसायिक रिठ्ठा खेती शुरु गरेपछी छिमेकका १० घर गाउँलेले पनि शुरु गरेको मुर्कुचीका मगर बताए। यता जिल्लाका कृषकले चौदण्डी नगरपालिकाको सावा सिद्धीपुर क्षेत्रमा व्यापक रुपमा व्यावसायिक रिठ्ठा खेती शुरु भएको र कृषकले वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्मको रिठ्ठा उत्पादन गरेर बिक्री गर्न शुरु गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad