विगत १३ वर्षदेखि निरन्त रुपमा वालसाहित्य प्रकाशन गर्दै आइरहेको कथालयले बालबालिकालाई लक्षित गरि तीन पुस्तक प्रकाशन गरेको छ।
नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन्।
बालबालिकासँग अनेक रहर, सीप र क्षमता हुन्छन्। साथीहरुसँग मिलेर नयाँ नयाँ कुरा सिक्ने कौतुहलताको कथा ‘मनोहरको मुरली’ मा लेखक नारायणश्री अधिकारीले लेखेका छन्।
चित्रकार विनिता बुद्दाचार्यले बनाएका चित्रले कथाका यी घटनाक्रम झनै सहज ढंगले बुझन सघाउँछन र कथालाई अझै रोचक बनाएका छन्।
तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता रहेको ‘सफा झिँगा’ मा बालबालिकालाई सरसफाइ र रोगबाट बच्ने उपायहरुको जानकारी कथाको माध्यमबाट दिइएको छ।
‘सेल्फीको रहर’ कथामा लेखक रामदेव पाण्डेले मुसा र बिरालोलाई मानवीकरण गर्दै बालबालिकालाई प्रविधि बारे सचेत गराउन खोजेका छन्। चित्रकार ध्रुव प्रजापतिले बनाएका चित्रले कथाक्रमलाई रमाइलोसँग बुझ्न सहयोग पुर्याउछन्।

प्रतिक्रिया