राजनीति


असंवैधानिक कदमविरुद्ध कांग्रेस एकजुट भएको छ, अब डटेर प्रतिकार गर्नुपर्छ : पौडेल

असंवैधानिक कदमविरुद्ध कांग्रेस एकजुट भएको छ, अब डटेर प्रतिकार गर्नुपर्छ : पौडेल

नेपालखबर
पुस २१, २०७७ मंगलबार ९:१९,

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्ति र पार्टी हितलाई हितलाई नसोचेर देश, जनता र लोकतन्त्रको हितलाई सोच्नुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टीले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिघि सभा विघटन गरेर जनता, देश र मतदातामाथि धोका दिएको आरोप लगाए।

प्रतिनिधि सभा विघटनको घटनाले सुरुमा प्रतिपक्षी दल कांग्रेसमा तरंग आएको भन्दै नेता पौडेलले कांग्रेसले पार्टीको फाइदा भन्दा देशको फाइदका विषयमा सोचेको बताए।

नेकपाको झण्डै–झण्डै दुई तिहाइको अवस्थामा रहेको संसद विघटन हुँदा कांग्रेसका लागि अवसर हुने सोच्नु स्वभाविक भए पनि आफैले त्यसो गर्न नदिएको बताए।

‘हामीलाई फाइदा भयो कि, बेफाइदा भयो कि? राजनीतिक रुपमा के भयो, पार्टीगत रुपमा के भयो? यस्तो सोच्ने विचार गर्ने बेला होइन यो’, नेता पौडेलले पार्टीभित्र राखेको कुरा स्मरण गर्दै भने , ‘मूल कुरा राष्ट्र, व्यवस्था, लोकतन्त्र र संविधानमा के भयो भन्ने सोच्ने बेला हो।’

उनले पद, सांसद फेरि पनि पाइने बताउँदै उनले हारेको सांसद भएका कारण नयाँ निर्वाचन आफ्ना लागि पनि अवसर हुने भएको भए पनि आफूले देश, जनता र संविधानका पक्षमा सोचेर यसको विपक्षमा उभिएको बताए।

‘पद, सांसद फेरि पनि पाइन्छ। म पनि हारेको सांसद हुँ, हराइएको सांसद हुँ’, नेता पौडेलले भने, ‘मैले पनि मौका पाउँथें, अहिले जाँदा त जित्थे होला।’

उनले आफ्नो नभइ देश, लोकतन्त्र र जनताको हितलाई सोच्न आग्रह गरे। उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनले यसलाई संवैधानिक बनाउनु पर्ने बताए।

उनले असंवैधानिक कदमको प्रतिकार गर्न कांग्रेस एकजुट भएको र अब डटेर प्रतिकार गर्नुपर्ने बताए। 

नेता पौडेलले प्रधानमन्त्री ओलीको कदमलाई राष्ट्रपतिले आँखा चिम्लेर समर्थन गरेको भन्दै अदालतले उक्त कदम सच्याउनु पर्ने बताए। उनले त्यसका लागि संविधान निर्माणका क्रममा भएको बहस अदालतलाई बताउनु पर्ने बताए।

उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनले प्रतिनिघिसभा पुनस्थापना हुनपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad