राजनीति


युरेनियम २० प्रतिशतले शुद्धीकरण गर्न थालेको इरानद्वारा कोरियाली ट्यांकर कब्जा

युरेनियम २० प्रतिशतले शुद्धीकरण गर्न थालेको इरानद्वारा कोरियाली ट्यांकर कब्जा

नेपालखबर
पुस २१, २०७७ मंगलबार ९:१२,

बीबीसीका अनुसार इरानको रिभोलुसनरी गार्ड्सले रसायन बोकेको एउटा दक्षिण कोरियाली ध्वजावाहक ट्याङ्करलाई नियन्त्रणमा लिएको हो।

हाल उक्त ट्यांकरमा रहेका २० जना पनि इरानी सेनाकै नियन्त्रणमा रहेको बताइएको छ।

इरानले समुद्री पर्यावरण कानुन उल्लङ्घन गरेकाले कोरियाली ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ।

यद्यपी अमेरिकी प्रतिबन्धका कारण दक्षिण कोरियामा रहेको इरानी सम्पत्ति अचल बनाइएपछि इरानले पछिल्लो कदम चालेको हो।

दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्कलाई तत्कालै छाड्न माग गरेको छ।

इरानले देशमा युरेनियमको शुद्धीकरण २० प्रतिशतमा पुर्याएपछि नै दक्षिण कोरियाली ट्यांकरलाई नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको हो।

युरेनियम शुुद्धीकरणको मात्रालाई इरानले बढाएपछि इरानले परमाणु सम्झौताको उल्लंघन गरेको आरोप लागिरहेको छ।

परमाणु बम बनाउन युरेनियमको शुद्धता ९० प्रतिशतसम्म पुर्याउनुपर्छ। इरानले परमाणु लक्ष्य हासिल गर्न युरेनियमको शुद्धताको संवर्द्धन गरिरहेको चेतावनी दिइएको छ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार इरानले युरेनियमको शुद्धता मात्र चार प्रतिशत गर्ने बताएको थियो।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट अमेरिका अलग्याएपछि भने इरानले युरेनियम संवर्द्धनलाई तीव्रता दिँदै आएको छ।

अमेरिका यस सम्झौताबाट अलग्गिएपनि उसले इरानले सम्झौता उल्लंघन गरेको बताउँदै इरानमाथि प्रतिबन्धहरु घोषणा गरेको छ।

सन् २०१५ को परमाणु सम्झौतामा बेलायत, फान्स, जर्मनी, चीन, रुससँगै अमेरिका र इरानपनि सामेल थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad