राजनीति


विज्ञापनसम्बन्धी बजेट सदुपयोग गर्नेगरी काम गर्न बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन

विज्ञापनसम्बन्धी बजेट सदुपयोग गर्नेगरी काम गर्न बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन

नेपालखबर
पुस २१, २०७७ मंगलबार ८:२८,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अरबौंको बजेट सदूुपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन्।

सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए।

‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं।’

मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे। बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ। राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए।
सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो। मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधि भित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad