मेस्सी हालै एकै क्लबबाट सबैभन्दा बढी गोलगर्ने खेलाडी बनेको बताइएको छ। उनले पेलेको ६४३ गोलको रेकर्ड तोडेको बताइएको थियो।
मेस्सीले बार्साबाट ६४४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमा अनुसार मेस्सीको गोल पेलेको भन्दा बढी हो।
यद्यपी पेलेको पूर्व क्लब सान्तोषले प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण खेललाई पनि गन्ने होभने पेलेले सान्तोषमा हजारभन्दा बढी गोल गरेको बताएको छ।
यस्तै हालै क्रिस्टियानो रोनाल्डोले पेलेको जीवनकालकै गोल संख्यालाई उछिनेको बताइएको थियो। पेलेले आफ्नो जीवनकालमा ७५७ गोल गरेको औपचारिक तथ्यांक छ।
रोनाल्डोले हालै आफ्नो जीवनकालको गोल ७५८ पुर्याएका हुन्।

मेस्सी र रोनाल्डोले पेलेको कीर्तिमानी भंग गरेको समाचारहरु आइरहँदा पेलेले त्यसको प्रतिकात्मक उत्तर दिएका छन्।
पेलेको आधिकारीक इन्स्टाग्रामको बायोमा पेलेले आफू हालसम्मकै सर्वाधिक गोलकर्ता भएको उल्लेख गरेका छन्।
औपचारिक तथ्यांकले उनको गोल ७५७ भनिरहँदा उनले बायोमा आफूले १२ सय ८३ गोल गरेको बताएका छन्।

यसैबीच पेलेको एउटा पुरानो तस्बिर यतिबेला भाइरल बनिरहेको छ। पेलेले हजार गोल गरेपछि उक्त तस्बिर खिचाएको बताइन्छ।
यस तस्बिर पेलेले हजारभन्दा बढी गोल गरेका छन् भन्ने एउटा बलियो प्रमाण भएको तर्क यतिबेला सुरु भएको छ।
Pelé has upgraded his Instagram bio. Looks like Cristiano Ronaldo and Leo Messi still have a long way to go 👀⚽️
Posted by ESPN FC on Monday, January 4, 2021
Shares

प्रतिक्रिया