राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन्।
उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु। घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु’, प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई मेन्सन गर्दै थापाले ट्विटरमा लेखेका छन्।
— Kamal Thapa (@KTnepal) January 5, 2021कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु
सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधारा चाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका थिए। भारतीय वन क्षेत्र गडीगोठमा गएका बेला लुहारमाथि गोली लागेको बुझिएको छ। घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको जनाइएको छ।

प्रतिक्रिया