औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका भएका छन्। मन्त्रीस्तरको निर्णयबाट उनलाई विज्ञ उद्योगीको रुपमा सदस्य नियुक्त गरिएको हो।
विज्ञ उद्योगीहरुमध्ये एक महिलासमेत गरी दुई जना नियुक्त गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार विज्ञ उद्योगीको रुपमा गोल्यान सदस्यमा नियुक्त भएका हुन्।
बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष नै रहने व्यवस्था छ।
यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया