कोरोनाविरुद्धका केही खोपहरु बनिसकेका छन् भने अन्य निर्माण भएर अन्तिम परीक्षणका क्रममा छन्।
अमेरिका, बेलायत, चीन, रुस लगायतका विकसित देशले खोप कार्यक्रम संचालन गरिरहेका छन्। यद्यपी यो भाइरस दैनिक रुपमा थप फैलिरहेको छ।
यसबीचमा अमेरिकामा हरेक ३३ सेकेन्डमा एकको कोरोनाका कारण मृत्यु भइरहेको अध्ययन सार्वजनिक भएको छ।
जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा एक हप्तायता दैनिक २६ सय ३७ को मृत्यु भइरहेको छ।
यसको अर्थ अमेरिकामा हरेक ३३ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ। अहिले अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त छ।
कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डो मिटरकाअनुसार अमेरिकामा हालसम्म २ करोड १३ लाख ५३ हजारमा कोरोना पुष्टि भइसकेको छ।
त्यहाँ हालसम्म ३ लाख ६२ हजार १२३ को मृत्यु भइसकेको छ। हाल कोरोना नियन्त्रण नभइसकेकै अवस्थामा यतिबेला कोरोनाको नयाँ प्रकार देख्न थालिएको छ।
कोरोनाको नयाँ प्रकार देखिएको भन्दै बेलायतमाथि थुप्रै देशले भ्रमण प्रतिबन्ध लगाएका छन्। बेलायतमा देखिएको नयाँ प्रकार ७० प्रतिशत संक्रामक रहेको बताइएको छ।
यस्तै दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकार बेलायतको भन्दा संक्रामक भएको र यसमा खोपले पनि काम नगर्ने चिन्ता व्यक्त गरिएको छ। एजेन्सी

प्रतिक्रिया