राजनीति


चिनियाँ टोलीले नेपालका नेतासँग के कुराकानी गर्‍यो? यसाे भन्छ चीन सरकार

चिनियाँ टोलीले नेपालका नेतासँग के कुराकानी गर्‍यो? यसाे भन्छ चीन सरकार

नेपालखबर
पुस १६, २०७७ बिहिबार १६:२५,

हालै नेपाल भ्रमण गरी फर्केको चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री नेतृत्वको टोलीले नेपालमा कुन कुन विषयमा के कुराकानी गरेको थियो भनी चीन सरकारले बिहीबार साँझ जानकारी दिएको छ।

चार–दिने नेपाल भ्रमण पुरा गरी सो टोली फर्केको भोलिपल्ट चीन सरकारले त्यसबारे जानकारी सार्वजनिक गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको सो प्रतिनिधिमण्डलले भ्रमणका क्रममा नेपालका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेट गरी विभिन्न आपसी विषयमा छलफल गरेकाे चीनका प्रवक्ता वाङ वेनबिनले बताएका छन्।

‘उनीहरुले पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका अन्य विषयमा छलफल गरेका छन्,’ वाङले भनेका छन्।

सो अवसरमा नेपाली पक्षले चीनलाई चिनियाँ कम्युनिष्ट पार्टीको आउँदो सयौं वर्षगाँठका सम्बन्धमा बधाई दिएको उनले बताएका छन्।

‘त्यसैगरी दुई देशबीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउन, पार्टीहरुबीचको आदान प्रदानलाई अझ बलियो बनाउने, बीआरआई अन्तर्गतको सहयोगलाई अघि बढाउने र आमजनतालाई थप सुविधा प्रदान गर्नका लागि इच्छा जाहेर गरिएको छ।’

सत्तारुढ दल नेकपा विभाजित भएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली अपर्झट चार दिने नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्णरुपमा लिइएकाे थियाे। त्यसबारे अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमैं समेत चर्चा भइरहेकाे छ।

विभाजनका क्रममा रहेको नेकपाको एकता कायम राख्न अन्तिम प्रयासस्वरुप सो टोली आएको भनी बिभिन्न अड्कलबाजी भइरहेका बेला त्यसबारे भने चिनियाँ प्रवक्ताले कुनै टिप्पणी गरेका छैनन्।

नेपाली नेताहरुका अनुसार उपमन्त्री गुओले नेकपाको विभाजन रोकिने अब कुनै संभावना छ कि छैन र दुई पक्ष मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन भनी जिज्ञासा राखेका थिए।

उपमन्त्री गुओ नेतृत्वको टोलीले नेपाल आएका दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।

त्यसपछि नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग पनि सो टोलीले भेटेको थियो।

यो पनि :

राष्ट्रपति सीको सन्देशसहित पीपीई लगाएरै काठमाडौं ओर्लियो चिनियाँ टोली

प्रचण्डसँग चिनियाँ टोलीको जिज्ञासा : नेकपा मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .