ad ad

राजनीति


भोलिदेखि राष्ट्रिय सभा अधिवेशन : यस्ता छन् कार्यसूची र विचाराधीन विधेयक

भोलिदेखि राष्ट्रिय सभा अधिवेशन : यस्ता छन् कार्यसूची र विचाराधीन विधेयक

नेपालखबर
पुस १६, २०७७ बिहिबार ६:३५,

भोलि पुस १७ गतेदेखि बस्न लागेको राष्ट्रिय सभा अधिवेशनमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ।

जसअनुसार अधिवेशन बैठक सुरु हुनासाथ अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सभामा पढेर सुनाइने छ।

त्यसैगरी सरकारले यसबीचमा जारी गरका अध्यादेशहरु बैठकमा गरिने संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ती अध्यादेशहरु सम्बन्धित मन्त्रालयबाट प्राप्त हुन भने बाँकी छ।

कार्यसूचीको चौथो नम्बरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट जारी भएको समिति गठनसम्बन्धी आदेश, २०७७ प्रस्तुत गरिनेछ।

पाँचौ नम्बरमा संवैधानिक आयोगका प्रतिवेदनहरु पेस गर्ने एजेन्डा रहेको छ।

थारु आयोग, मधेसी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पनि सभामा पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

संसदको राष्ट्रिय सभामा बिभिन्न विधेयकहरु विचाराधीन अवस्थामा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६, भ्रष्टाचार निवारण (पहिलो संशोधन), अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, विद्युत विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, सुरक्षा मुद्रणसम्बन्धी विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, लोक सेवा आयोग विधेयक, २०७५, र सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७७ (गैरसरकारी), विधेयकहरु सभामा विचाराधीन छन्।

त्यसैगरी राष्ट्रिय सभाका समितिमा पनि बिभिन्न विधेयकहरु विचाराधीन अवस्थामा छन्। बिभिन्न विधेयकहरुको अवस्था हेरौं सूचीमाः

RastriyaSabha-bills.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .