राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान समस्याको प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था भएको बताएका छन्।
उनले राष्ट्रप्रमुखको व्यवस्था फेरि उक्त पदमा राजसंस्थालाई आलंकारकि रुपमा पुनस्र्थापना गर्नु पर्ने धारणा अघि सारेका छन्।
‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दूराष्ट्र पुनःस्थापना गर्न र राजसंस्थालाई आलङ्कारिक रुपमा राष्ट्रप्रमुख पुनःस्थापना गर्नु आवश्यक भएको छ,’ अध्यक्ष राणाले बिहीबार भिडियो सन्देश जारी गर्दै भनेका छन्। उनले यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुस १७ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको जानकारी दिए।
राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन गर्दै आएको छ
शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूण देशभक्त नागरिकहरुलाई आह्वान गरेका छन्।

प्रतिक्रिया