राजनीति


ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलियो : देउवा

ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलियो : देउवा

नेपालखबर
पुस १६, २०७७ बिहिबार ५:४६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलिएको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान आयोजना गरेको भर्चुअल संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए।

उनले संविधानविपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर देशलाई संकटको भुमरीमा हालेको बताए। उनले कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमको विरोध गर्दै आएको बताए।

‘लामो संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेका बेला फेरि पधानमन्त्री ओलीले असंंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेपछि देश संकटतर्फ धकेलिएको छ’, सभापति देउवाले भने, ‘यो कदम असंवैधानिक भन्दै हामीले देशव्यापी विरोध गरेका छौँ।’

उनले यो विषय अहिले सर्वोच्च अदालतमा पुगेको भन्दै अदालतमा रहेको विषयलाई प्रभावित पार्नेगरी कांग्रेसले अहिले सडक आन्दोलन नगर्ने बताए। उनले आफूरु कसरी अगाडि बढ्ने भन्ने कुरा अदालतको फैसलापछि तय हुने बताए। उनले प्रधानमन्त्रीको असंवैधानिक कदमको भने विरोध गर्ने बताए।

सभापति देउवाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको भएको बताए।

‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो’, देउवाले भने, ‘त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनःस्थापना भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad