राजनीति


बेलायतमा देखिएको नयाँ कोरोना फैलिन थालेपछि भारतको दिल्लीमा ‘नाइट कर्फ्यु’

बेलायतमा देखिएको नयाँ कोरोना फैलिन थालेपछि भारतको दिल्लीमा ‘नाइट कर्फ्यु’

नेपालखबर
पुस १६, २०७७ बिहिबार ३:४९,

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक धमाधम संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको छ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको हो।

साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यु लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ।

नयाँ वर्ष (सन् २०२१) का बेला भीडभाड बढ्ने र संक्रमण अझ फैलिन सक्ने खतरा विचार गर्दै भारत सरकारले रातिको समय कर्फ्यु लगाउने घोषणा गरेको हो।

अहिले भारतले बेलायत उडानमा पनि प्रतिबन्ध लगाएको छ।

याे पनि :  भारतमा भटाभट भेटिन थाले बेलायतकाे नयाँ कोरोनाबाट संक्रमित 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .