नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना गर्न नमिल्ने बताएका छन्।
बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओली संसद पुनःस्थापनाको सम्भावना नरहेको बताएका हुन्।
आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको उनको भनाइ थियो।
'संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन। संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो। ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ। त्यसैले विघटन भएको संसद पुनस्स्थापना हुन सक्दैन।’
याे पनि : प्रचण्डसँगका सम्झौताले मेरो एउटा ब्रिफकेस भरिएको छः ओली
उनले संसदीय प्रणालीमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरे।
प्रधानमन्त्रीओलीले राजसंस्था नरहेका कारण अब लोकतन्त्र कसैले खोस्न नसक्ने बताएका छन्।
उनले पहिले स्याल हुँदा कुखुरा खाने गरेको तर अब स्याल नै नभएका हुँदा अब कसैले कुखुरा नखाने बताए।
‘म साथीहरुलाई आफैलाई विश्वास गर्न आग्रह गर्छु, तपाईं हामी छँदाछँदै अब कसैले लोकतन्त्र खोस्न सक्दैन,’ उनले भने।
Shares

प्रतिक्रिया