राजनीति


नेकपाको खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षले बैंकहरुलाई गर्‍यो पत्राचार

नेकपाको खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षले बैंकहरुलाई गर्‍यो पत्राचार

नेपालखबर
पुस १५, २०७७ बुधबार १२:२७,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रक्रियामा गएर दुई पार्टीको अभ्यास सुरु भएपछि प्रचण्ड–नेपाल पक्षले पार्टीको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको छ।

देशभर पार्टीको खातामा बिभिन्न बैंक र शाखामा रहेको सम्पूर्ण बचत रोक्का गर्न भनी सो पक्षले पत्राचार गरेको हो।

‘बैंक खाता रोक्ने केन्द्रीय कमिटीकै निर्णय हो, त्यसैअनुसार कार्यालयले बैंकहरुलाई चिठ्ठी पठाएको छ,’ पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेपालखबरसँग भने।

उनका अनुसार नेकपाका नाममा बैंक खाताहरु देशव्यापीरुपमा कहाँ केकस्तो अवस्थामा छन् सबै जानकारी पूर्णरुपमा आएको पनि छैन।

पाण्डेका अनुसार निर्वाचन आयोगबाट पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय नआएसम्म र अदालतको फैसला नआएसम्म खाता रोक्का गर्नु भनी पत्राचार गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनस्र्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट परेको छ। त्यसमाथि सुनुवाइ सुरु भइसकेको छ।

आयोगले पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय नगर्दासम्म कुन चाहिँ पक्ष वैधानिक नेकपा भन्ने टुंगो लाग्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad